छुट्टिएको तीन वर्षपछि फेरि एकता, राप्रपा र राप्रपा नेपाल मिल्ने निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने निर्णय भएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँगको संयुक्त तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै पार्टी एकताको निर्णय भएको जानकारी गराउनुभएको हो।

सामाजिक सञ्जालमा राखिएको सन्देशमा अध्यक्ष थापाले राप्रपा र राप्रपा नेपालबीच एकता हुने निर्णय भएको जनाउँदै यसलाई सुखद समाचारको रूपमा सबैमा जानकारी गराउनुभएको छ। उहाँले लेख्नुभएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु।”

EPIC EPIC EPIC

राजावादी तथा राष्ट्रवादी धारको प्रतिनिधित्व गर्दै आएका यी दुई दलबीच लामो समयदेखि एकताको चर्चा चलिरहेको थियो। पछिल्लो समय राजनीतिक परिस्थितिमा आएको परिवर्तन र आसन्न निर्वाचनलाई मध्यनजर गर्दै पार्टी एकताको निर्णय गरिएको बताइएको छ। एकतासम्बन्धी औपचारिक प्रक्रिया, कार्यदल गठन तथा संगठनात्मक संरचनाबारे विस्तृत छलफल आगामी दिनमा हुने जनाइएको छ।

उल्लेखनीय छ कि कमल थापा २०७८ माघ २५ गते सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि पार्टी छोडी राप्रपा नेपाल गठन गर्नुभएको थियो। पछिल्लो समय भने दुवै नेताबीच संवाद बढ्दै गएपछि पुनः एकताको वातावरण बनेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

पार्टी एकताले राजावादी, हिन्दू राष्ट्र र राष्ट्रवादी एजेन्डालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ भने आगामी निर्वाचनमा यसको प्रभाव देखिने आँकलन गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *