झापामा सडक दुर्घटना : २५ दिनमा १८ जनाको मृत्यु

झापा । झापामा पछिल्लो समय सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार माघ १ गतेदेखि २५ गतेसम्मको छोटो अवधिमै जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै झापामा थप दुई जनाको मृत्यु भएको छ। आइतबार अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा गुडिरहेको ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ भने तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा ज्यान गएको छ।

EPIC EPIC EPIC

बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्दै गरेको प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको डालामा सवार सहचालक १६ वर्षीय सरोज श्रेष्ठको आइतबार दुर्घटनामा परी मृत्यु भएको हो। अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका छोरा सरोज ट्याक्टरबाट अचानक खस्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, माघ २१ गते स्कुटीको ठक्करबाट गम्भीर घाइते भएका अर्जुनधारा–३ का ४५ वर्षीय राजन बाँस्कोटाको आइतबार बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार २१ गते बिहान अर्जुनधारा–३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बाटो काट्दै गरेका बाँस्कोटालाई प्र १–०१–०१८ प १६७ नम्बरको स्कुटीले ठक्कर दिएको थियो। स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापामा माघ १ गते एकैदिन तीन जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। त्यस्तै, माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको थियो। पछिल्लो २५ दिनको तथ्यांकले जिल्लामा प्रायः दिनहुँजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको देखाउँछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *