झापा क्षेत्र नं.१ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रामचन्द्र उप्रेतीले मेरो प्रतिस्पर्धी कोही पनि नभएको बताएका छन्। गतको विरासतलाई हेर्ने हो भने झापा–१ मा नेकपा एमालेको मुख्य प्रतिस्पर्धीका रुपमा कोही पनि नभएको उप्रेतीको भनाई छ।
२०४८ देखि २०७९ साल सम्मको प्रतिनिधिसभा सदस्य, कोशी प्रदेशसभा सदस्य र स्थानीय तहको चुनावलाई आंकलन गर्ने हो भने एमाले सबै भन्दा अगाडि रहेको छ। एमालेको पछि कांग्रेस कुदे पनि सामान्य प्रतिस्पर्धीका रुपमा कांग्रेस बाहेक अरु नरहेको उप्रेतीको दावी छ।
नजिकबाट देख्ने, बुझ्ने स्थानीय र एमालेका कार्यकर्ताका अनुसार उम्मेदवार उप्रेती पार्टीका पुराना इमानदार र त्यागी नेता हुन् । उनले पर्टीमा कहिलै पनि यो पद र त्यो पद भनेर मागेनन्। इमानदारसँगले पार्टी र समाजका लागि काम गरिरहेका छन्।
सहकारीका अभियन्ता रामचन्द्र उप्रेतीले नेपल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापा मार्फत समाज रुपान्तरणमा अग्रेणी भूमिका निर्वाह गरिरहेको जो कोहीलाई पनि थाहा भएको जानकारहरुको भनाई छ।
३४ वर्षदेखि यही समाजमा काम गरिरहेका उप्रेतीले पहिलो पटक संघीय सांसदका लागि पार्टीले अवसर दिएकोले झापा–१ का आम जनतालाई मत खेरा नहुने गरी काम गर्ने सोच रहेको बताएका छन् ।



















