अब बन्ने सरकारलाई मेरो ७ सुझाव

महेन्द्र तिम्सिना

देशलाई सही दिशा दिन अब बन्ने सरकारले जनताको अपेक्षा बुझेर काम गर्नु अत्यन्त आवश्यक छ। एक जिम्मेवार नागरिकको हैसियतले मेरा केही सुझावहरू:

EPIC EPIC EPIC
  • उच्चस्तरीय छानबिन आयोग बनाई सम्पति शुद्धिकरणको कस्टडिमा ल्याई २०४६ पछिका उच्च राजनीतिक पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गरि दोशीको सम्पति राज्यका नाममा ल्याई ब्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याईयोस् र देशलाई बिस्वस्तरिय ग्रे लिस्टको सुचिबाट हटाई ग्रीन लिस्टको सूचीमा पूर्याइयोस् ।
  • कुनैपनि संघसंस्था, निकाय र सरकारी मातहतका क्षेत्रमा राजनितिक सङ्गठनहरु पुर्ण रुपमा बन्द गरियोस । राजनितिक दलका संगठन बिस्तार गर्नुको साटो नागरिकलाई टोलटोलमा सकारात्मक अशल नैतिक शिक्षा सन्चालनमा ल्याईयोस् ।
  • बन्द भएका सम्पूर्ण उद्योग कलकारखानाहरु पूर्णरुपमा सञ्चालनमा ल्याउने निर्णय गरि कार्यान्वयन गरियोस् र उत्पादन ,सेवा र रोजगारिसङ्ग सम्बन्धित नयाँ उद्योग कलकारखानाहरु खोलियोस् ,आयात निर्यातको सन्तुलित विधि निर्धारण गरियोस ् । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखियोस् ।
  • भ्रष्ट्राचारको जरैबाट अन्त्य गरि शुसासन कायम गरियोस्, नागरिकलाई कर शिक्षाद्वारा करको सचेतना गरि राज्यको करप्रणालिअनुसार सबै नागरिकलाई करको दायरामा ल्याईयोस्।
  • प्रत्येक देशसङ्ग अशल कुटनितिक सम्बन्ध कायम गरि स्थिर बैदेशिक नीति तय गरियोस र असँलग्न परराष्ट्र नीति पुर्ण रुपमा कार्यान्वयन गरियोस्।
  • संबिधानमा भएका केही नितिगत त्रुटिहरु यदि भए देशको सर्वाङ्गिण हितलाई शीरोपर गरि आवस्यक संशोधन गरियोस , निर्वाचन प्रणालिलाई अनलाईन मतदान ,प्रत्यक्ष कार्यकारि प्रमुखको ब्यवस्था सहित सुधार गरियोस् ।
  • निजिकरण साथै सार्वजनिक क्षेत्रका लगानीलाई उपयुक्त ,सुनिस्चित र लगानिमैत्री वातावरणको सृजना गरि लगानिमा प्रोत्साहन गरियोस्।
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च