झिलमिले बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय उद्घाटन तथा भित्तेपात्रो विमोचन

बुद्धशान्ति (पालिका सन्देश) । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा रहेको झिलमिले बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थाको कार्यालय औपचारिक रूपमा उद्घाटन गरेको छ । सोही अवसरमा नयाँ वर्ष २०८३ को भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।

संस्थाका अध्यक्ष मेनबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धशान्ति १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष सन्जु पौडेल, समाजसेवी चन्द्र कटुवाल, भुवन तामाङ, बिष्णु मैनाली, शिक्षासेवी गङ्गाराम गड्तौला, बुधबारे जेसीजका प्रेम गौतम, बिभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी, शेयर सदस्य लगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

EPIC EPIC EPIC

कार्यक्रममा पानसमा दीप प्रज्वलन गर्दै २०८३ सालको भित्तेपात्रो विमोचन गरी कार्यालय उद्घाटन गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई संस्थाका कोषाध्यक्ष नर्वदा चापागाईं बाँस्कोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाले गर्नुभएको थियो।

कार्यक्रममा साना किसान कृषि सहकारीका अध्यक्ष केशव सापकोटा, बुद्धशान्ति प्रेस क्लबका उपाध्यक्ष नारायण अर्याल, बुद्धशान्ति उद्योग बाणिज्यसंघका प्रतिनिधि दुर्गा कुइँकेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

२०७१ माघ २० गते बुद्धशान्ति–३ मा स्थानीय ३० जना महिलाहरूको सक्रियतामा सुपारी किसानहरूसँग सहकार्य गरी उनीहरूको जीवनस्तर उकास्ने उद्देश्यले “झिलमिले महिला सुपारी सहकारी संस्था” को रूपमा यस संस्थाको स्थापना भएको थियो। प्रारम्भिक चरणमा ग्रामीण क्षेत्रमा सामान्य रूपमा सञ्चालन हुँदै आएको यस सहकारीले समयसँगै अनुभव र आवश्यकतालाई मध्यनजर गर्दै विनियम संशोधन गरी “झिलमिले बहुउद्देश्य सहकारी संस्था लिमिटेड” का रूपमा रूपान्तरण गरिएको हो। “समृद्धिका लागि समुदायसँगसँगै” भन्ने मूल नाराका साथ पुनः सञ्चालनमा आएको यस संस्थाले सदस्यहरूको आवश्यकताअनुसार विभिन्न सेवामूलक तथा व्यवसायीक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको सफल कार्यकालको कामना गरेका थिए। साथै, आगामी दिनहरूमा आउने चुनौतीहरूको सामना गर्दै संस्थालाई अझ सशक्त रूपमा अघि बढाउन सुझाव समेत दिएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च