बुद्धशान्ति गाउँपालिकाले आज कक्षा ८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार बुद्धशान्ति–२ स्थित सरस्वती आधारभूत विद्यालयकी छात्रा सिम्रन पौडेल र बुद्धशान्ति–३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयकी छात्रा ससा मैनालीले समान ३.९७ जिपीए प्राप्त गर्दै पालिका प्रथम हुन सफल भएका छन्।

















