बुद्धशान्ति प्रेस क्लबको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ झापा शाखा सह–सचिब तिलक तामाङको प्रमुख आतिथ्यतामा साधारण सभा गरिएको हो ।


सभाको उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि तामाङले पछिल्लो समय सरकारले मिडियामा नाकाबन्दी लगाउने किसिमको निर्णय गरेकाले पत्रकारिता क्षेत्रमा दिनानुदिन चुनौतीहरु थपिदै गइरहेको बताएका छन् । उनले सरकारले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै प्रकाशित गर्नुपर्ने निर्णय गरेकाले सरकारको उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने धारणा राखेका थिए । उनले स्थानीय सञ्चारमाध्यमलाई टिकाउन स्थानीय निकायको प्रमुख दायित्व रहेकोले स्थानीय निकायले स्थानीय सञ्चारकर्मी र मिडियाका लागि आवश्यक वजेट विनियोजन गर्न आग्रह समेत गरेका थिए । उनले आउँदो दिनमा महासंघले स्थानीय प्रेस क्लबहरुसंग सहकार्य गरेर आवश्यकता अनुसारको तालिम समेत आयोजना गर्ने बताएका छन् ।

EPIC EPIC EPIC


संस्थाका अध्यक्ष तिम्सिनाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो बर्ष जस्तै आगामी आ.वमा बुद्धशान्तिका सबै पत्रकारहरुको दुर्घटना विमा गर्ने, अक्षयकोष खडा गर्ने, कार्यसम्पादनका आधारमा मुल्यांकन गरी बार्षिक रुपमा पत्रकारीता पुरस्कार प्रदान गर्ने साथै पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने किसिमका विभिन्न तालिम, उद्घोषण, व्यक्तित्व बिकास तालिम जस्ता कार्यक्रम गर्ने बताएका छन् । त्यस्तै संस्थाकी कोषाध्यक्ष भारती राईले संस्थाको आर्थिक बर्ष २०८१/०८२ को सांगठनीक आयव्य प्रस्तुत गरेकी थिइन् ।


सभामा अतिथिहरु ईलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज चन्द्र राउत, बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई ,बुधबारे जेसीजका अध्यक्ष कुशल अधिकारी, टिमाई ससस्त्र बेस क्याम्पका सुरेन्द्र दनुवार, बुद्धशान्ति रेडक्रसका सभापति पुष्पराज भट्टराई, आदर्श युवा क्लबका सचिव दुर्योधन सिंह राजपुत, संस्थाका सल्लाहकार भुवन सिंह तामाङ, गंगाराम गड्तौला, निवर्तमान अध्यक्ष आयुस निरौला, संस्थापक सचिव दिपेन लावती, पर्यटन पत्रकार मञ्च झापाका कोषाध्यक्ष प्रकाश बानियाँ, अर्जुनधारा प्रेस क्लबका सदस्य बिष्णु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।


संस्थाका सचिव रोसन भट्टराईले सञ्चालन गरेको सभामा उपाध्यक्ष नारायण अर्यालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो । २०७६ सालमा स्थापना भएको क्लबमा स्थापना हुँदा १६ जना सदस्य रहेका थिएभने हाल २३ जना सदस्य रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च