पालिका सन्देश । प्रदेश स्काउट कार्यालयको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा लागूपदार्थ दुर्व्यसनी विरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। तालिममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, पुनर्स्थापना केन्द्रका सुरज जोशी लगायतले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्यहरू रवी खनाल र नवलप्रसाद उपाध्याय, रंगेली नगरपालिकाका प्रमुख आयुक्त मोतिराम ढुंगाना, स्काउटर डेलिना लोहार सहित विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी राष्ट्रिय कार्यकारी समिति सदस्य सुदर्शन भट्टराई, पूर्व सह प्रमुख आयुक्त किरण गिरी, प्रदेश शैक्षिक पद्धति आयुक्त सिवानी देवान, सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, सामुदायिक विकास आयुक्त रीता पाठक, प्रदेश परिषद् सदस्य नारायण श्रेष्ठ लगायतको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न २० पालिकाबाट स्काउटर तथा रोभर–रेन्जरहरूको सहभागिता रहेको थियो। कार्यक्रम सफल बनाउन प्रदेश अधिकृत नवराज घिमिरे र प्रदेश सहायक कुशेश्वर रोय लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
आयोजकले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्।



















