गोरखापत्र संस्थानद्वारा विभिन्न पदमा दरखास्त आह्वान

गोरखापत्र संस्थानले विभिन्न पदमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ। संस्थानले एक सूचना प्रकाशित गर्दै समाचार र फोटोग्राफी क्षेत्रमा २३ जना पत्रकारको माग गरेको हो।

संस्थानको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेका पदहरूमा योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको छ।

EPIC EPIC EPIC

इच्छुक उम्मेदवारले असार ३० गतेभित्र कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्नेछ। दरखास्त दस्तुर तह ६ का लागि रु. १,००० र तह ५ का लागि रु. ७०० तोकिएको छ।

उम्मेदवारहरूको छनोट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट गरिने सूचनामा उल्लेख छ।

आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरू र निरोगिताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। थप जानकारीका लागि धर्मपथस्थित गोरखापत्र संस्थानको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च