बुद्धशान्ति (पालिका सन्देश)– बुधबारे जेसीजले हरेक महिना प्रदान गर्दे आएको `जेसी अफ द मन्थ जुलाई´को अवार्ड जेसी नवराज कोईरालालाई प्रदान गरिएको छ । उनी बुधबारे जेसीजका सदस्य हुन् ।
बुधबारेले बर्ष २०२१ का अध्यक्ष अनिल वाग्लेले कार्यभार सम्हालेसंगै हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न शुरु गरेसंगै जुलाईको अवार्ड कोईरालालाई प्रदान गरिएको अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।
यस अघि जनवरीमा राज पौडेल, फेबु्रअरीमा अन्जेस राई, मार्चमा रविन आचार्य, अप्रिलमा दुर्योधन सिंह देव, मे मा बिष्णु लामिछाने र जुनमा चन्द्र वाग्लेलाई उत्कृष्ट जेसी अफ द मन्थको अवार्ड प्रदान गरिसकिएको छ । उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न हरेक व्यक्तिलाई बुधबारे जेसीजले सम्मान गर्दे आएको छ ।