समिक्षा कडरिया रिजाल,
मानिससँग मानिस डराउने समय आउँछ भनेर कसले पो कल्पना गरेको थियो होला र ? डराउने किन ? कुनै अपराधको डरले? होइन, अपराधको डर कहाँ सबै सँग हुन्छ ! किन चाँहि डराउने त भन्दा यसको जवाफ मात्र एउटै छ , “कोभिड”।
कोभिडको संक्रमणका डरले हरेक व्यक्ति एकअर्कासँग डराउनु पर्ने स्थीति छ । यो एक संवेदनशील र असामान्य स्थीति हो । जहाँ आफ्नै परिवारजनले पनि मेरो मान्छे भनेर जिम्मेबारी वहन गर्ने अवस्था छैन । कोभिड विनाशकारी छ ; घातक छ । यसले धेरैको जीवन चुडेर लगेको छ, धेरैको घरमा अन्धकार निम्त्याएको छ । अब यसको निरन्तरता कहिले सम्म ? रनभुल्लमा छौँ हामी ।
कोरोना भाइरसको पहिचान २०१९ मा चिनको बुहान भन्ने ठाउँमा भएको थियो । यस भाइरसले सारा विश्वभर प्रभाव पारेको छ । विगत दुई वर्ष देखी हामी कोरोनाको त्रासमा दैनिकी काटीरहेका छौँ । आज सम्म आइपुग्दा हामी कोभिडका लक्षण र यसबाट बच्ने सुरक्षाका मापदण्डका बारे कोहि पनि अनबिज्ञ छैनौ । प्रत्येक दिन कोरोनाको अन्त्य र हाम्रो जीतको हामी प्राथना गरिरहेकै छौँ । तर बिडम्बना , चेतनशील प्राणीको दर्जामा रहेका हामी एक अबिवेकी र मुर्ख प्राणीको रुपमा प्रस्तुत भएका छौँ ।
मूर्खता यही कोभिडको सेरोफेरोमै आधारित छ । समयको संबेदनशीलताको मुल्यांकन नगरी, बिना केही ठोस कारण हामी घर–घर, बजार – बजार सामाजिक दूरीको बेवास्ता गर्दै लोकल भाषामा भन्नु पर्दा बिन्दास हिँडडुल गरेकाले आज यस्तो हरेक क्षेत्र सिल भएको अवस्थामा आइपुग्नु परेको छ ।
सामाजीक प्राणी भएर समाजमा हुने हरेक गतिबिधिमा सरिक हुनुपर्छ , यो सत्य हो । तर समय अनुकुल छैन भने सोही अनुरुप चल्न पनि जान्नु पर्छ । समयको प्रतिकुलता अवहेलना गर्दा यसको परिणामको सिकार घर, परिवार र समाजलनई नै पर्न जान्छ । गाउँ घर भित्रका भट्टीमा पनि हिजो आज भिड बढेको छ ।
कोभिडको पि.सि.आर. परिक्षण गर्न दिएर खुलेआम अरुको स्वास्थ्य माथी खेलबाड गर्दै हिड्नु , बिरामी भएकाको घरमा आवतजावत बढी हुनु , मरिमराउ भएको घरमा र मलामी जानेको घुइचो हुनु, गाउँघरमा बेमत्लबका राजनीतिक या अरु गफ गर्न हिड्नु त्यो पनि कोभिडको सुरक्षाका मापडण्ड पालना नगरी ; यस्तो क्रियाकलाप कहाँ सम्म सामाजिक हो र कती सम्म सम्मान योग्य छ ? र खोप लगाउने बेलाको गाउँपालिकाको अव्यवस्थीत भिड प्रति पनि गाउँपालिकाले कति सम्म ध्यान दिएको छ ?
म भन्छु यो पूर्णत मुर्खता हो । गाउँ र समाज प्रति हामी सबैको बराबरी योगदान रहन्छ । बुद्धशान्तिको तथ्यांकले नै गाउँघरमा बढी कोरोना फैलिएको देखिन्छ । हामीले मुर्खता त्यागेर एक सच्चा र जिम्मेवार सामाजिक प्राणीको रुपमा आफूलाई पुनः स्थापीत गर्नुपर्छ । अहिले मलामी जानु र मलामी कति थिए भनेर हिसाब गर्नु भन्दा पनि कति घरबाट लास निस्कन्छन् होला र त्यो घर मेरो पनि त हुन सक्छ नि भनेर सोच्ने हो भने केहि हुन्थ्यो की ?
2 Responses
Very welll said
Shai kura.