झापामा अब स्मार्ट लकडाउन हुने !

झापा(पालिका सन्देश)- झापामा अब स्मार्ट लकडाउन हुने भएको छ । पूरै जिल्लामा लगातार निषेधाज्ञा जारी राख्दा विरोध भएपछि झापामा अब स्मार्ट लकडाउन लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आइतबार राति सकिएपछि स्मार्ट लकडाउनको निर्णय गरिने भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बस्ने बैठकले त्यसबारे निर्णय गर्न लागेको डीसीसीएमसीका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

EPIC EPIC EPIC

कोरोना संक्रमणको जोखिमको मात्रालाई रेड जोन, ग्रीन जोन र एल्लो जोन निर्धारण गरिने उनले बताए । संक्रमणको उच्च जोखिम भएको ठाउँलाई रेड जोन घोषणा गरी सिल गरिने र कम संक्रमण भएका ठाउँलाई ग्रीन जोन र एल्लो जोन घोषणा गरी खुकुलो बनाउँदै लगिने उनले जानकारी दिए । स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ।

यसैबीच पछिल्लो समय झापामा कोरोना संक्रमण ह्वात्तै बढेपछि आइपुगेको सीसीएमसीको टोलीले शुक्रवार झापा जिल्लाका कोभिड अतिप्रभावित स्थानहरूको निरीक्षण गरेको छ ।

पछिल्लो समय झापामा परीक्षणको ६० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएकोले जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने विज्ञहरूले आँकलन गर्दैगर्दा स्वास्थ्यकर्मीसहित सीसीएमसीको टोली जिल्ला अनुगमनमा आएको हो ।

चिकित्सकसहित सीसीएमसीका प्रमुखको नेतृत्वमा काठमाडौँबाट सुरक्षा निकायका उच्च अधिकारीसहित जिल्ला अनुगमनमा आएको टोलीले झापाका कोभिड अतिप्रभावित क्षेत्र, होल्डिङ सेन्टरसहित सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च