Search
Close this search box.
Search
Close this search box.

गृहमन्त्रीकाे पावर लगाएर ४१ जनालाई प्रहरी बनाएकाे भन्दै फेसबुकमा स्टाटस लेख्ने प्युठानका युवा समातिए

पालिका सन्देश – गृहमन्त्रीसमेतकाे ‘सिफारिस’मा आफूले केही युवालाई प्रहरीमा जागिर खुवाएकाे भन्दै फेसबुकमा स्टाटस लेख्ने प्युठानका नरेन्द्र गुरुङ पक्राउ परेका छन् । 

देशभरबाट ४१ जना युवालाई प्रहरी जवान बनाउन आफूले गृहमन्त्री बालकृष्ण खाँणसहित प्युठानका स्थानीय कांग्रेस नेताहरूकाे समेत साथ पाएकाे भन्दै उनले फेसबुकमार्फत नाम सार्वजनिक गरेका थिए ।

EPIC

ऐरावती गाउँपालिका-१ का ३० वर्षीय गुरुङलाई आज नियन्त्रणमा लिइएकाे  प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 

सरकारी जागिरका लागि सिफारिस गर्नु वा कुनै निकायलाई दबाब दिनु गैरकानुनी मानिन्छ । यस्तो अवैधानिक काममा आफ्नो नाम मुछिएपछि गृहमन्त्री खाँडले गुरुङलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए । गुरुङ नेपाल विद्यार्थी संघका स्थानीय नेता भएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *