प्रधानमन्त्री देउवा कतारमा, आजै लन्डन जाने

काठमाण्डौ । संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुने ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुन त्यसतर्फ गएका प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न कतारको राजधानी दोहा पुगेका छन् ।

नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा शुक्रबार बिहान काठमाडौंबाट कतार एयरको विमानमा त्यसतर्फ प्रस्थान गरेका थिए ।

EPIC EPIC EPIC

विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारीलगायतले स्वागत गरेका थिए ।

देउवा नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न बेलायतको राजधानी लण्डनका लागि प्रस्थान गर्नेछ । उनी शनिबार र आइतबार लण्डनमा रहनेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *