Search
Close this search box.
Search
Close this search box.

जाडोयाममा कस्तो सौन्दर्य सामग्री प्रयोग गर्ने ?

जाडोको मौसम शुरु भएको छ । जाडोमा मान्छेको छाला सुख्खा हुने भएकाले यो मौसममा धेरै ख्याल गर्नुपर्ने हुन्छ । बजारमा धेरैथरी सौन्दर्यका सामानहरु पाइन्छन् । तर यसको प्रयोगमा के–के ध्यान दिने र कसरी प्रयोग गर्ने ? चिसोको मौसममा हाम्रो छालालाई कसरी सुरक्षित गर्ने ?

अहिले जाडोको मौसम बढ्दै छ । बजारमा पाइने सौन्दर्य प्रशाधनमध्ये पनि मोइस्चराइजर बढी बिक्री हुने गरेको छ । चिसो मौसममा मान्छेको छाला धेरै सुख्खा हुने भएकोले त्यसबाट बच्न यस्ता प्रशाधन बढी प्रयोग गर्ने गरेको पाइन्छ ।

EPIC EPIC EPIC

जाडोमा कतिपयले सन प्रोटेक्सन क्रिम लगाउँदैनन् । तर, यतिबेला पनि घामको विकिरण र अन्य विकिरणले असर गर्न सक्ने भएकोले सन प्रोटेक्सन क्रिम लगाउन छाड्नु हुँदैन । हामी धेरैबेर मोबाइल वा कम्युटरको स्क्रिन अगाडि बस्छौं । यसले गर्दा हाम्रो छाला सुख्खा भइरहेको हुन सक्छ । त्यसैले जाडोमा सिधा घामको विकिरणले भेटेको छैन भन्दैमा सन प्रोटेक्सन लगाउन छाड्नु हुँदैन ।

अर्कोतर्फ कुनै पोल वा अन्य टावरको मुनि बस्दा पनि त्यसमा आउने विकिरणले हाम्रो छालालाई असर गरिरहेको हुन सक्छ । यसबाहेक विभिन्न खाले प्रकाशले पनि छालालाई असर गर्नसक्ने भएकाले सन प्रोटेक्सन लगाउन छाड्नु हुँदैन ।

नेपालमा एउटा दुविधा हुन सक्छ कि नेपालको हावापानी सुहाउँदो सौन्दर्य प्रशाधन कस्तो हुन्छ ? वा कस्ता प्रोडक्टहरु नेपाली हावापानी सुहाउँदा छन् ? नेपाल र भारतको हावापानी मिल्दोजुल्दो भएकोले नेपाली बजारमा आउने र यहाँ उत्पादन हुने सौन्दर्य सामग्रीहरु पनि भारतीय प्रोडक्ट क्वालिटीकै उपयुक्त हुन्छ । यो यहाँका बासिन्दाको लागि हो । तर नेपाल बाहिरका मानिसको हकमा भने सबै प्रोडक्टले उस्तै काम नगर्न सक्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *