विवेकशील साझामा मिश्र पक्षकाे विधान संशाेधनलाई निर्वाचन आयाेगकाे वैधता

काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको छ ।

मिश्रकाे नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले केही दिनअघि विधान संशोधन गरेर अध्यावधिकका लागि निर्वाचन आयाेगमा पत्राचार गरेकाे थियाे । पार्टीले गरेकाे पत्राचार अनुसार आयाेगले विवेकशील साझाकाे विधान स‌ंशाेधनलाई वैधता दिएकाे हाे ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

‘बुधवार निर्वाचन आयोगले कानुन बमोजिम ‘विवेकशील साझा पार्टीको विधान २०७८’ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको छ । अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ’, पार्टीको सूचना तथा सञ्चार विभागले जारी गरेकाे प्रेस वक्तव्यमा उल्लेख छ ।

अध्यक्ष रवीन्द्र मिश्रले पार्टीमा फरक मत राख्नेहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न आग्रह गरेका छन् ।

नयाँ विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने पार्टी संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *