यो हिउँदमा पनि रसायनिक मलको चरम अभाव हुने

यो हिउँदमा पनि रसायनिक मलको चरम अभाव हुने

काठमाडौं । सरकारले रसायनिक मल खरिद बिक्रीको जिम्मा दिएको कृषि सामग्री कम्पनीले यसवर्ष पनि पर्याप्त मात्रामा रसायनिक मल खरिद गर्न नसक्ने कारणले यो हिउँदमा मल अभाव हुने बताएको छ ।

कृषि सामाग्री कम्पनीका अनुसार नेपालमा बर्षेनि ८ लाख मेट्रिक टन मलको माग हुन्छ तर सरकारले चालु आर्थिक वर्षमा मल खरिदका लागि जम्मा १५ अर्ब मात्र अनुदान रकम विनियोजन गरेकाले सो रकमबाट २ लाख मेट्रिक टन मलमात्र खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमै रसायनिक मलको मूल्यमा वृद्धि भइरहेका कारण नेपालको कृषिका लागि आवश्यक मल ल्याउन नसकिने देखिएको कृषि सामाग्री कम्पनीले जनाएको छ ।

EPIC EPIC EPIC

अन्तर्राष्ट्रिय बजारमा गत वर्षको तुलनामा प्रतिमेट्रिक टन ३ सय अमेरिकी डलरभन्दा बढीले रसायनिक मलको मूल्यमा वृद्धि भएको छ । जसका कारण सरकारले विनियोजन गरेको रकमले करिब २ लाख मेट्रिक टन मात्रै मल खरिद गर्न सकिने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।

नेपालमा रसायनिक मलको उत्पादन हुँदैन । किसानहरूले हरेक वर्ष मल अभावको समस्या भोगिरहेका छन् । कृषि सामाग्री कम्पनीका अनुसार नेपालमा बर्षेनि ८ लाख मेट्रिक टन मलको माग भएपनि सरकारले जसोतसो ५ लाख मेट्रिक टन मात्रै आयात गर्न सकिरहेको थियो ।

कृषि सामाग्री कम्पनीले यो वर्ष पनि विगतका वर्षभन्दा अझ धेरै मलको हाहाकार हुने संकेत गरेको छ ।

कोभिडका कारण रसायनिक मल उत्पादन गर्ने कम्पनी बन्द भएर उत्पादन कम हुँदा विश्व बजारमा मल अभाव देखिएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *