त्रिभुवन विमानस्थलका दुई पसललाई जरिवाना, सोल्टी होटललाई तीन दिनभित्र उपस्थित हुन निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपभोक्ताबाट बढी मूल्य असुलेको आरोपमा दुई व्यवसायिक प्रतिष्ठानलाई लाखौँ जरिवाना तिराइएको छ भने सोल्टी होटललाई तीन दिनभित्र विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुई पसललाई उपभोक्ताबाट बढी मूल्य असुलेको आरोपमा जरिवाना गरेको छ।

मंगलबारको अनुगमनमा इजी ट्रेडलाई रु. २ लाख ६० हजार र एयरपोर्ट टि कफी कन्फेसनरीलाई रु. २ लाख ५ हजार जरिवाना गरिएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै, विमानस्थलमै सञ्चालनमा रहेका सोल्टी होटललगायत अन्य केही व्यवसायलाई तीन दिनभित्र कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यसैगरी, विभागले मंगलबार नै ललितपुरस्थित मनमय इन्टरप्राइजेजलाई पनि रु. २ लाख ८० हजार जरिवाना तिराएको छ।

विभागले उपभोक्ताको हकहित संरक्षण गर्न नियमित अनुगमन गरिरहेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *