बुद्धशान्तिका १९५ सहित झापाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरिँदै

झापा । झापाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरिने भएको छ । मदन अधिकारीको अध्यक्षतामा गठन भएको भूमि समस्या समाधान आयोग झापाले पहिलो पटक ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्न लागेको हो ।

भूमि समस्या समाधान आयोग झापाको बुधबार बसेको बैठकले बुद्धशान्तिका १९५, अर्जुनधाराका १२८, गौरीगञ्जका ११, कन्काईका १३५ र दमकका २ भूमिहीन दलित÷ सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्यबिधि २०८१ को दफा ९६० र भूमिसम्बन्धी नियमहरु २०२१ को २० औँ संशोधन को दफा ५ को बमोजिम जग्गाधनी प्रमाणपुर्जा बितरण गर्ने निर्णय गरिएको आयोगका विज्ञ लक्ष्मी आचार्यले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्ति , अर्जुनधारा , कन्काई , गौरीगञ्ज र दमकका ५४१ अव्यवस्थित बसोबासीका लागि सात दिने सूचना जारी गरिएकोमा ४७१ जनाले नियम अनुसार राजश्व दाखिला गरेकाले उनीहरुलाई असार मसान्तभित्र धनीपुर्जा वितरण गरिने आचार्यले जानकारी दिए । त्यस्तै कन्काई नगरपालिकाका भूमिहीन , दलित र भूमिहीन सुकुम्बासी ७१ परिवारलाई समेत पुर्जा तयार गरी वितरण गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

यसका अलावा बाह्रदशी , शिवसताक्षी , मेचीनगर , कमल र दमकका विभिन्न वडाहरुको फायल बनाउने काम भइरहेको छ । सम्बन्धित पालिका र राजनीतिक दलहरुसंग समन्वय गरी धनीपुर्जा वितरण कार्यक्रम तय गरिने भएको छ । असार २६ देखि २९ गतेभित्र धनीपुर्जा वितरणको कार्यक्रम हुनसक्ने जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *