पालिका सन्देश । झापाको बुद्धशान्ति गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आएका छन् । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतको रुपमा मनोज कुमार साह आएका हुन् । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत साहले मंगलबार पालिकामा हाजिर गरेका छन् ।

उनलाई गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानीप्रसाद खतिवडा, जनप्रतिनिधि, विभिन्न शाखागत कर्मचारी लगायतले भव्य स्वागत गरेका छन् । यस अघि विभिन्न ६ स्थानीय तहहरुमा प्रशासनिक नेतृत्वको जिम्मेवारी सम्हालिसकेका अनुभवी साहको बुद्धशान्ति गाउँपालिकाको प्रशासनिक नेतृत्वको कार्यकालमा बुद्धशान्ति गाउँपालिकाको चौतर्फी विकास ,परिवर्तन एवम् कुशल नेतृत्वको अपेक्षा गरिएको छ ।

यस अघि प्रमुख प्रशासकीय अधिकृतका रुपमा विनोद पोखरेल रहेका थिए । उनको सरुवा भएसंगै साहको आगमन भएको हो ।
