काम नगर्ने व्यवसायीलाई ठेक्का नदिने मन्त्री घिसिङको घोषणा

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिएका छन्।  मन्त्री घिसिङ भन्छन् – ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन।’ उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद भएको उल्लेख गर्दै, तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरेका छन् । उनले थप जोडे – ‘निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेको बुझाइ छ । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ, त्यसैले निर्माण व्यवसायीहरूले पनि यसमा साथ दिनुपर्छ।’ महासङ्घका प्रतिनिधिहरूले यस अवसरमा निर्माण क्षेत्रका विद्यमान समस्याबारे ज्ञापनपत्र बुझाएका थिए ।

Read More »

एसियाली राजमार्ग : चारआली र चारपानेमा ओभरपास निर्माण सुरु

पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र विर्तामोडको चारपाने क्षेत्रमा

Read More »

९ वर्षीय बालक मृत भेटिए

हल्दिवारी/ झापाकाे हल्दिवारीमा ९ वर्षीय बालकले आत्महत्या गरेका छन् । गएराति ९ बजे हल्दिवारी गाउँपालिका –२ जीवनवारी बस्ने सशस्त्र प्रहरी

Read More »

दसैँमा सहुलियत दरमा खसीबोका बेच्ने खाद्यको योजना स्थगित

झापा। जेनजी आन्दोलबाट उत्पन्न परिस्थितिका कारण दसैँमा खसीबोका र च्याङ्ग्रा काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्ने व्यवस्था तथा व्यापार कम्पनी

Read More »

महावीर पुनलाई मन्त्री अफर : उनी भन्छन् ‘यो अहिले बोल्ने कुरा होइन’

झापा । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी

Read More »

नयाँ उर्जामन्त्रीबाट राजीनामा गर्न दबाब आएको कुरा सत्य होइनः शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई नयाँ उर्जामन्त्री कुलमान घिसिङबाट राजीनामा गर्न दबाब आएको भन्ने कुरामा

Read More »

हमासले सार्वजनिक गरेको बन्धकहरूको ‘बिदाइ तस्बिर’मा विपिन जोशी पनि

काठमाडौँ । हमासको सशस्त्र समूहले ‘बिदाइ तस्बिर’ भन्दै गाजामा आफ्नो कब्जामा रहेका ४८ जना बन्दीको तस्बिर सार्वजनिक गरेको छ । गाजाको

Read More »
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च