अबैध चिनीसहित पिकअप र चालक नियन्त्रणमा

बिर्तामोड । भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अबैध सामानसहित पिकअप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो ३ः४० बजे बिर्तामोड ५ सुब्बा चौकमा मे।१ च ६२८४ नं को पिकअपमा भन्सार छली लुकाई छिपाई सामान ल्याएको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ५० केजीको दरले २५ बोरा चिनी बरामद गरेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

अन्दाजी १ लाख २५ हजार मूल्य बराबरको चिनी र १२ लाख मूल्य बराबरको पिकअप बरामद गरी सामान धनी कन्काई ८ बस्ने ३२ वर्षीय नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामानसहित सिटौलालाई इप्रका बिर्तामोडमा ल्याई राखेको र भन्सार कार्यालय बुझाउन आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *