झापाकै पहिलो दृष्टिविहीन मेलमिलापकर्ता बन्ने लक्षमा कचनकवलका गंगाबहादुर

कचनकवल। आँखा नदेख्ने तर दृष्टि भएका मान्छे विरलै भेटिन्छन्। कचनकवल गाउँपालिका २ का गंगाबहादुर राई त्यही समूहमा पर्छन्।

अहिले उनी कचनकवल गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालन भइरहेको आठ दिवसीय सामुदायिक मेलमिलापसम्बन्धी आधारभूत तालिमका आकर्षण बनेका छन्। उत्साह, आत्मविश्वास र सक्रियताको कारण।

EPIC EPIC EPIC EPIC EPIC


पूर्ण दृष्टिविहीन गंगाबहादुर तालिममा सहभागी भएका एकमात्र अपाङ्ग व्यक्ति हुन्। तर कक्षाभित्र उनी सबैभन्दा जिज्ञासु र सबैभन्दा प्रेरणादायी अनुहारझैं देखिन्छन्। उनका प्रत्येक भनाइ, हिँडाइ र सहभागिताको भावनामा एउटा गहिरो आत्मबल झल्किन्छ।


“म सायद झापाको पहिलो दृष्टिविहीन मेलमिलापकर्ता बन्ने यात्रामा छु,” उनी भन्छन्, “यो मेरो लागि जिम्मेवारी हो, सौभाग्य हो, अनि समाजप्रति योगदान गर्ने सुनौलो अवसर पनि।”

गंगाबहादुरले मेची क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गरिसकेका छन्। तालिममा बोल्ने हरेक शब्दले प्रष्ट हुन्छ उनी कानुनप्रतिको समझदारी मात्र होइन, मेलमिलापप्रति गहिरो समर्पण लिएर आएका छन्।

उनी अवसर पाएकोमा न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईप्रति विशेष सम्मानका साथ आभार व्यक्त गर्छन्। “मलाई यति ठूलो विश्वास राखिएकोमा गर्व लाग्छ,” उनी भन्छन्, “दृष्टिविहीन भएर पनि यस्तो जिम्मेवारी पाउनु आफूलाई भाग्यमानी ठान्छु।”

तालिमका प्रशिक्षक चेतन विष्ट पनि राईको प्रशंसामा कुनै कसर बाँकी राख्दैनन्। “उहाँको सहभागिता वास्तवमै उदाहरणीय छ। शारीरिक बनावट फरक हुनुले केही फरक पर्दैन भन्ने प्रमाण उहाँले दिनुभएको छ,” विष्टले भने, “समावेशीताको दृष्टिकोणले हेर्दा पनि उहाँको उपस्थिति गहिरो अर्थ राख्छ।”

कचनकवल गाउँपालिकाले गंगाबहादुरको सहभागितामार्फत समाजमा अपाङ्गता भएका व्यक्तिहरूको सम्भावनालाई देखाएको छ। दया होइन, अवसर चाहिन्छ भन्ने कुरा बोलेको छ।
यो तालिम गंगाबहादुरका लागि केवल तालिम होइन, समाजलाई देखाउने दर्पण हो, जहाँ अपाङ्गता भन्दा माथि उठेर योगदान गर्न सकिन्छ।

गंगाबहादुर राई एक दृष्टान्त हुन्। सपना देख्न आँखाको हैन, आत्माको जरुरत पर्छ। र आज उनी झापाको पहिलो दृष्टिविहीन मेलमिलापकर्ता बन्ने बाटोमा दृढ आत्मबलका साथ अघि बढिरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *