इलाममा परमेश्वरको मण्डलीद्वारा प्लास्टिक हटाउने बृहत सरसफाइ अभियान

इलाम। परमेश्वरको मण्डली विश्व सुसमाचार समाज इलाम मण्डलीको आयोजनामा इलाम बजार क्षेत्रमा बृहत सरसफाइ अभियान सम्पन्न भएको छ। विश्व वातावरण दिवस तथा महासागर दिवसको सन्दर्भ पारेर प्लास्टिक फुटप्रिन्ट मेटाउने उद्देश्यले चोकबजारदेखि सुन्तलाबारी हुँदै टुँडिखेलसम्म करिब २ किलोमिटर सडक क्षेत्रमा सरसफाइ गरिएको हो।

अभियान “विश्वव्यापी आशा च्यालेन्ज” अन्तर्गत वातावरणीय चेतना फैलाउने र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको थियो। प्लास्टिक फुटप्रिन्ट भन्नाले मानवले प्रयोग गरी फाल्ने प्लास्टिकको कुल मात्रालाई जनाउने गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस इलामका निवर्तमान सभापति हिमालय कर्मचार्यले वातावरणीय संकटको वर्तमान सन्दर्भमा यस्ता कार्यक्रमहरू समयसापेक्ष र अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै आयोजनाको प्रशंसा गरे। “विश्वले जस्तै इलामले पनि वातावरणीय समस्या झेलिरहेको अवस्थामा यस्तो जनसहभागिता प्रेरणादायी छ,” उनले भने।

विशेष अतिथिका रूपमा इलाम नगरपालिका वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठले यस कार्यमा मण्डलीको सक्रियता सराहनीय भएको बताए। “वास्तवमा यस्तो अभियान सरकारको दायित्व भए पनि यहाँहरूले मनदेखि लागेको भावनाले यो कार्य गर्नु भएको छ, जुन साँच्चै प्रेरक छ,” उनले भने।

कार्यक्रममा मण्डलीका स्वयंसेवकहरूका साथै स्थानीय विश्वविद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय बासिन्दाहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले समेत सरसफाइ अभियानमा प्रत्यक्ष सहकार्य गरेका थिए। कार्यक्रम देवेन्द्र हुमागाईंको संयोजनमा सम्पन्न भएको थियो।

विश्वका १७५ राष्ट्रमा फैलिएको परमेश्वरको मण्डलीले वातावरण, रक्तदान, विपद् राहतलगायतका विषयमा ३० हजारभन्दा बढी सामाजिक कार्यक्रमहरू सञ्चालन गरिसकेको छ। मण्डलीका यस्ता कार्यहरूको कदर स्वरूप यसले अमेरिका, कोरिया, बेलायत, ब्राजिल, पेरु लगायत देशका सरकारहरूबाट ५ हजारभन्दा बढी सम्मानहरू प्राप्त गरिसकेको छ।

नेपालमै पनि बागमती प्रदेश सरकार, बुढानीलकण्ठ नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न निकायहरूले मण्डलीलाई प्रशंसा पत्र र कदर पत्रद्वारा सम्मान गरिसकेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
7
+1
0
+1
11
+1
0
+1
0
+1
2
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. वाउँ अत्ति उत्कृष्ट छ हाम्रो परमेश्वर काे मण्डली साथै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *