‘सडक पूर्वाधारको वर्ष’ घोषणा गर्दै कचनकवलले ल्यायो ६६ करोडको बजेट

कचनकवल। कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १७औँ अधिवेशनमार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गाउँको विकास र समृद्धिको आधारका रूपमा पूर्वाधार, उत्पादन, पर्यटन र रोजगारलाई प्राथमिकता दिइएको छ। कुल ६६ करोड १९ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो।


गाउँसभाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष नवराज भट्टराईले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरे। प्रस्तुत दस्तावेज “उत्पादन, रोजगार, पर्यटन र पूर्वाधार: कचनकवल विकास र समृद्धिको आधार” भन्ने मूल नारासहित अघि सारिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिकाले यो वर्षलाई ‘सडक पूर्वाधारको गौरवको वर्ष’ घोषणा गर्दै भौतिक पूर्वाधार विकासमा विशेष प्राथमिकता दिएको छ। गाउँपालिकाले आर्थिक वर्ष ८१/८२मा ४.५ किलोमीटर कालोपत्रे र २१ किलोमीटर ग्राभल सडक सम्पन्न गरिसकेको छ। अब ८२/८३ मा गाउँपालिका आफ्नै बजेटले १३ वटा सडक कालोपत्रे गर्ने र संघ र प्रदेशसँग सहकार्य गर्दै थप ४० किलोमीटर सडक कालो पत्रे सडक, कल्भर्ट, नाली निर्माण र सडक विस्तारका काम गरिनेछ।


स्वास्थ्य क्षेत्रलाई सबल बनाउँदै वडा नं. ६ मा निर्माणाधीन १५ शैयाको अस्पताल चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याइने लक्ष्य लिइएको छ। साथै २५ सयभन्दा बढी विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिनेछ। मानसिक स्वास्थ्य, आमा–शिशु स्वास्थ्य, पोषण कार्यक्रम र खोप कार्यक्रम सञ्चालन गरी सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने योजना बजेटमा समेटिएको छ।

शिक्षा क्षेत्रमा ‘एक विद्यालय, एक सीप केन्द्र’ कार्यक्रम ल्याइनेछ। त्यससँगै विद्यालय नर्सिङ सेवा, किशोर–किशोरी परामर्श सेवा, पाठ्यपुस्तक उत्पादन तथा वितरण, छात्रवृत्ति वितरण, र विद्यालय समायोजन कार्यक्रम सञ्चालन गरिनेछ। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रविधियुक्त र व्यवहारिक कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ।
कृषिक्षेत्रमा साना किसानलाई बीउ, मल, यान्त्रिक उपकरण उपलब्ध गराउने र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने योजनाहरू बजेटमा समावेश छन्। रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक रोजगार परामर्श सेवा तथा सीप विकास कार्यक्रमलाई विस्तार गरिनेछ।
पर्यटन प्रवर्द्धनका लागि CAN (Culture, Adventure, Nature) मोडल अनुसार केचना, जमुना खोलो, र कचनकवल स्तम्भ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिइएको छ। स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यको प्रवर्द्धन गर्दै आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने रणनीति अघि सारिएको हो।

गाउँपालिकाले डिजिटल प्रविधिमार्फत पारदर्शी, छरितो र उत्तरदायी प्रशासन प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। GIS प्रविधि, मोबाइल एप, तथा ई–गभर्नेन्स प्रणाली विस्तार गरी स्थानीय सरकारको सेवा प्रणालीलाई जनमैत्री बनाउने लक्ष्य बजेटमा उल्लेख गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *