‘पुरानो सोचले नयाँ व्यवस्था चल्दैन’ — बनियानीबाट नेता सिटौलाको कटाक्ष

बनियानी। पूर्व उपप्रधानमन्त्री तथा संविधानसभा सदस्य कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो नबनाई मुलुकको समृद्धि सम्भव नहुने बताएका छन्।


शुक्रबार झापाको कचनकवल गाउँपालिका–६, बनियानीमा निर्माण हुन लागेको कचनकवल प्राविधिक शिक्षालयको शिलान्यास गर्दै प्रमुख अतिथि सिटौलाले नयाँ व्यवस्थामा पुरानो सोचले काम नगर्ने भन्दै नवीन चिन्तन आवश्यक रहेको धारणा राखे। उनले प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गरी युवाको कार्यक्षमता र आम्दानी बढाउने बताउँदै स्वदेश वा विदेश जहाँ रहे पनि यस्तो शिक्षा उपयोगी हुने उल्लेख गरे।

EPIC EPIC EPIC EPIC EPIC


कार्यक्रममा बोल्दै पूर्व प्रदेशसभा सदस्य वसन्त बानियाँले दीगो र सन्तुलित विकासका लागि साझा अवधारणा र सर्वपक्षीय सहकार्य अपरिहार्य रहेको बताए। ढिलै भए पनि परिणाममुखी काम थालनी भएकोमा सन्तोष व्यक्त गरे।


झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले परम्परागत शिक्षाले बेरोजगार उत्पादन गरिरहेको बताउँदै प्राविधिक शिक्षा रोजगारीमूलक विकल्प बन्न सक्ने धारणा राखे। उनले यसले वैदेशिक पलायन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कचनकवल गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षालयका सहसंयोजक नवराज भट्टराईले प्राविधिक शिक्षालाई समाजवादको यात्रामा कोशेढुंगा भन्दै शिक्षालयले आत्मनिर्भरताको बाटो देखाउने बताए।


४ करोड ७९ लाख लागतको शिक्षालय
५ हजार ६७० वर्गफिट क्षेत्रफलमा निर्माण हुन लागेको यो बहुवर्षीय शिक्षालयका लागि २०७९ असार २ गते नेपाल सरकारको सघन शहरी विकास तथा भवन निर्माण कार्यालय र खण्डपुर निर्माण सेवा बीच सम्झौता भएको थियो। योजना २०८४ जेठ २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको हो।


कार्यक्रममा शिक्षालयका लागि जग्गा दान गर्ने रतनलाल राजवंशी, फडिन्द्र दाहाल र गायक सबिन लिम्बूलाई सम्मान गरिएको थियो।
कार्यक्रम कचनकवल गाउँपालिका अध्यक्ष तथा शिक्षालय संयोजक कालेन्द्रसिंह राजवंशीको सभापतित्वमा सम्पन्न भयो। स्वागत मन्तव्य चिन्तामणि खरेलले राखेका थिए भने कार्यक्रमको सञ्चालन चेतन खतिवडाले गरेका थिए।


कार्यक्रममा नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउकुमार थेबे, सचिव कृष्ण हुमागाईं, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी प्रमुख, सघन शहरी विकास कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *