बगान युथ क्लब  र युथ अफ खुदुनाबारी नकआउट खेलको फाइनल खेलमा भिड्दै।।

20230318 102903

 मनिष बराल, झापा ।

 बुट्टाबारी युनाइटेड क्लब  बिर्तामोडद्वारा आयोजित दोस्रो झापा जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको अन्तिम खेल आज हुँदैछ । 

EPIC EPIC EPIC EPIC EPIC

आज हुने फाइनल खेलमा झापा जिल्लाको दक्षिण पूर्वी भारतीय सीमासँग जोडिएको कचनकवल गाउँपालिका अन्तर्गत रहेको बगान युथ क्लब र अर्जुनधारामा रहेको युथ अफ खुदुनाबारी क्लब बिच प्रतिस्पर्धा हुने भएको छ। गत बुधबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लब लाई हराउँदै युथ अफ खुदुनाबारी क्लब अर्जुनधारा फाइनल खेलमा प्रवेश गरेको हो । 

त्यस्तै गत बिहीबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लबलाई हराउँदै कचनकवलको  बगान युथ क्लब फाइनलमा प्रवेश गरेको हो। बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने कुरा आयोजकले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *