आम दर्शकमाझ प्रिय बन्दै झापाका प्रशान्त, भोट गरिदिन सबैलाई आग्रह

बुद्धशान्ति । झापाका प्रशान्त पोखरेल नेपालकै चर्चित गायन रियालिटी सो मेरो भोइस युनिभर्स सिजन २ को प्रतिस्पर्धाको टप ११ मा पर्न सफल भएका छन्।

उनी उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन् । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनि अहिले भोटिङ राउण्डको चरणमा टप ११ बाट थप प्रतिस्पर्धामा जान सबैसंग भोट मागी रहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका प्रशान्तलाई अब अत्याधिक भोटको खाँचो छ । त्यसैले उनले आहिले आम देशवासीमाझ आफुलाई भोट गरेर अगाडि बढाउनअनुरोध गरिरहेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्ति गाउँपालिका निवासी पोखरेल जिल्लाकै एक्लो प्रतिस्पर्धी हुन् । पहिलो चरणको भोटिङ राउण्ड सफलता पूर्वकपार गरेर दोस्रो चरणको प्रतिस्पर्धाका लागि तयारी गर्दै आएका छन् । निर्णायक मण्डलले ५० प्रतिशत र दर्शकवर्गले ५० प्रतिशत भोट गरेको अंक एकमुष्ट जोडिने भएकाले उनको परिवारले प्रसान्तलाई जिताउन भोट गरिदिन आग्रह गरेका छन् ।

उनलाइ भोट गर्न भोट गर्न के गर्ने ?

प्रशान्तलाइृ भोट गर्न नेपालभित्र रहनुहुने दर्शकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गएर MVU टाइप गरेर एक स्पेस दिइ 08 लेखेर 37000 मा मेसेज गर्न सक्नुहुनेछ भने देश तथा विदेशमा रहनुभएका दर्शक श्रोताहरुले MY INTRA APP मार्फत भोट गर्न सक्नुहुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

  1. जिल्ला कै एक्लाे प्रतिस्पर्धी कसरी ?
    जुनु प्रसाईं कहाँ कि हुन् ? कि राेजगारी का लागि कतार जानू उनकाे कमजाेरी हाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *