Search
Close this search box.
Search
Close this search box.

सफलता सूत्र २ः लक्ष्य निर्धारण गर्नुहोस्

-सुरज दंगाल

सफलता सूत्रको पहिलो अंकमा हामीले आफ्नो जीवनको सपना निर्धारण गर्ने विषयमा छलफल गरेका थियौ । यदि पछिल्लो अंक पढ्नु भएको छैन भने तलको लिंकमा गएर पढ्नुहोस् अनि मात्रै यो अंकमा अगाडि बाँड्नुहोस् ।

EPIC

अब तपाईले देखेको सपनालाई प्राप्त गर्नका लागि सपनालाई लक्ष्यमा रुपान्तरण गर्ने समय भएको छ । सपना देख्नुले तपाईको सफल भविष्यको कल्पाना र सो प्राप्त गर्ने जोशलाई प्रज्वलित गर्दछ तर लक्ष्य भनेको तपाईले प्राप्त गर्न चाहेको जीवनको मूर्त गन्तव्य हो र सफलताको यात्रा सुरु गर्नु अघि लक्ष्य निर्धारण गर्नु अति आवश्यक छ । तपाईलाई आफूँ के का लागि कार्य गरिरहेको छु भन्ने थहाँ छ भने त्यसले तपाईको शक्तिलाई सही दिशामा केन्द्रित गर्दछ र तपाई सधै सही बाटोमा हिड्न मद्दत गर्दछ ।

तपाईले निर्धारण गरेको लक्ष्यको मुख्य कार्य भनेको तपाई अहिले भएको स्थानबाट पुग्न चहानुभएको गन्तव्यमा पुर्याउनु हो । तसर्थ, लक्ष्य जहिले पनि यथार्थपरक हुनुपर्दछ । लक्ष्य निर्धारण गर्नु भनेको सपना बिर्सनु पक्कै होइन, बरु प्रगतिशिल लक्ष्य वा माइलपोष्ट निर्धारण गर्नुहोस्, जसले तपाईलाई सपना प्राप्त गर्नका लागि एक कदम नजिक पुर्याउँदछ ।

तपाई कुनै नयाँ कामको सुरुवात गर्न उत्सुक हुन्नुहुन्छ ?, धैर्य गर्नुहोस् ! किनकि अधिकांश नयाँ कार्य सुरु गर्ने व्यक्तिहरुले समान गल्ती भनेको योजनाबद्ध काम सुरु गर्नु अघि धैर्यताको कमी हो । नयाँ कार्यको थालनी अघि त्यसको प्राथमिकता निर्धारण गर्नुहोस्, योजना बनाउनुहोस्, लक्ष्य निर्धारण गर्नुहोस् । चिन्ता नलिनुहोस् तपाईले यी पूर्वतयारी गर्नका लागि लगानी गरेको समय कहिले खेर जाने छैन । तपाई आफ्नो लक्ष्य स्पष्ट गर्नका लागि पालना गरेको अनुशासन नै तपाईको सफलताको एक महत्वपूर्ण कदम हुनेछ ।

बाल्यकालको एउटा घटना प्राय सबैलाई याद होला, विद्यार्थी जीवनमा ज्योमेट्री बक्समा एउटा मेग्नीफाइङ्ग ग्लास पाउँथ्यो, त्यस्को वास्तविक कार्य के थियो आज सम्म पनि थहाँ भएन तर त्यसबाट खेलिएको सामान्य खेलले जीवन परिवर्तनकारी शिक्षा प्रदान गर्यो । जति सुकै घाम लागेको दिनमा पनि त्यो ग्लासलाई कागजको एउटा बिन्दुमा केन्द्रीत गरिएन भने त्यो कागजमा आगो बल्दैन थियो तर एउटा बिन्दुमा केन्द्रीत गरेका सो कागजमा आगो बल्थ्यो । त्यो एकाग्रताको शक्ति हो । त्यो जीवन परिवर्तनमा लक्ष्यको शक्ति हो ।

एक दिन एउटा व्यक्ति चौबाटोमा पुगेपछि कता जाने भनेर अलमलमा परेछ । त्यतिकैका एकजना बुढी आमालाई सोधेछ, आमा यो बाटो कहाँ जो हो? आमाले त्यो व्यक्तिलाई सोध्नुभएछ, तिमी कहाँ जाने हो ? व्यक्तिले उत्तर दिएछ, “मलाई थहाँ छैन ।” आमाले भन्नुभएछ, जुनसुकै बाटो जाउ, के फरक पर्छ र ? सत्य कुरा होइन त ? यदि हामीलाई कहाँ जाने भन्ने थहाँ छैन भने जुनै बाटो गए पनि कहि न कहि त अवश्य पुगिन्छ ।

बस कहाँ जादैछ भनेर तपाईलाई थहाँ छैन भने के तपाई त्यो बसमा चढ्नुहुन्छ ? सबैको एउटै उत्तर होला, चढ्दिन । त्यसो भए तपाई जीवनमा लक्ष्य बिना किन अगाडी बढ्नुहुन्छ ?

अधिकांश व्यक्तिहरु लक्ष्यलाई सपना वा इच्छा सम्झनुहुन्छ । सपना भनेको त हाम्रो जीवनको चाहना मात्रै हो । चाहना कम्जोर हुन्छ । चाहनालाई मज्बुत बनाउन त्यसमा दिशा, समर्पण, दृढता, अनुशासन र समयसिमाको साथ आवश्यक पर्दछ । र यीनै कुराहरुले चाहनालाई लक्ष्य भन्दा भिन्न बनाउँदछ । सपना पुरा गर्नका लागि त्यो पुरा गर्ने जोश चाहिन्छ, इच्छा गर्दैमा पुरा हुँदैन ।

यदि तपाईले कसैलाई तपाईको जीवनको मुख्य लक्ष्य के हो भनेर सोध्नुभयो भने अधिकांशको उस्तै उत्तर पाउनुहुन्छ । जस्तै, “म सफल हुन चाहन्छु, खुशी हुन चाहन्छु, राम्रो जीवन बाच्न चाहन्छु, आदि ।” के तपाईको उत्तर पनि यस्तै त छैन, छ भने गन्तव्य विहिन बसमा यात्रा नगर्नुहोस् ! यी सबै इच्छा चाहना मात्रै हो लक्ष्य होइन । लक्ष्य स्मार्ट (SMART) हुनुपर्दछ ।

S-Specific (तोकिएको)ः लक्ष्य तपाईले आफूँसँग गरेको प्रतिवद्धता हो र सो जहिले पनि स्पष्ट हुनुपर्दछ । तपाईले निर्धारण गरेको लक्ष्यले, “तपाई जीवनमा के परिवर्तन वा प्राप्त गर्न चाहनुहुन्छ ?”, यो प्रश्नको स्पष्ट उत्तर दिनु पर्दछ । उदाहरणका लागि “म मेरो तौल घटाउन चाहन्छु ।” यो तपाईको लक्ष्य होइन चाहनामात्रै हो । “म ९० दिनमा मेरो १० केजी तौल घटाउँछु ।” यो तपाईको लक्ष्य हो किनकि यसले ‘के’ प्रश्नको उत्तर दिएको छ ।

M-Measurable (मापन गर्न सकिने)ः लक्ष्य नाप तौल गर्न सकिने हुनुपर्दछ, यदि मापन गर्न सकिएन भने प्राप्त पनि गर्न सकिदैन । मापन गर्नु तपाईको प्रगतिको अनुगमन तथा मुल्याङ्कन गर्ने एक विधि हो ।

A- Achievable (प्राप्त गर्न सकिने)ः लक्ष्य प्राप्त गर्न सकिने चुनौतिपूर्ण हुनुपर्दछ तर असम्भव भने हुनुहुदैन । प्राप्त गर्न असम्भव लक्ष्यले जीवनमा निराशा बाहेक अरु केहि प्रदान गर्दैन ।

R- Realistic (यथार्थपरक)ः लक्ष्य भविष्यका लागि निर्धाण गरिएता पनि यसको वर्तमानकोे अवस्थासँग सम्बन्धीत हुन्छ । आफैलाई प्रश्न गनुहोस्, “मेरो वर्तमान अवस्थामा मैले तय गरेको लक्ष्य यथार्थपरक छ ?” अदाहरणका लागि “म हप्ता दिनमा मेरो १० केजी तौल घटाउँछु ।” के यो लक्ष्य प्राप्त गर्न सकिएला? यो अवास्तविक छ वा यथार्थपरक छैन।

T- Time-bound (समय सिमा तोकिएको)ः तपाईले लक्ष्य निर्धारण गर्दा नै त्यो लक्ष्य प्राप्त गर्ने समय तोकिएको हुनुपर्दछ ।

अवधिका आधारमा लक्ष्यलाई तीन प्रकारमा वर्गिकरण गरिन्छ ।

१. छोटो अवधीको लक्ष्यः सामान्यतय १ वर्ष सम्म प्राप्त गर्न सकिने ।

२. मध्यम अवधीको लक्ष्यः १ देखि ३ वर्ष सम्म प्राप्त गर्न सकिने ।

३. लामो अवधीको लक्ष्यः ३ देखि ५ वर्षवा सो भन्दा बढी समयमा प्राप्त गर्न सकिने ।

कार्य बिनाको लक्ष्य खाली सपनामात्र हो । कार्यले नै सपनालाई लक्ष्यमा बदल्छ र अन्तंत सपना प्राप्त हुन्छ । यदि तपाईले कुनै लक्ष्य समयमा प्राप्त गर्न सक्नुभएन भने यसले तपाईलाई असफल बनाउँदैन । ढिला हुनु पराजय होइन, यो भनेको लक्ष्य प्राप्तका लागि पुनःयोजना गर्नु हो ।

लक्ष्यले तपाईलाई तपाईको जीवन अस्तित्वको कारण तर्फ उन्मुख गराउँछ । लक्ष्य निर्धारण गर्नु सफलता प्राप्तीको पहिलो खुड्किलो हो । चन्द्रमाको लक्ष्य लिनुहोस्, यदि गुमाउनु भयो भने पनि, कडोरौं मध्येको एउटा तारा अवस्य बन्नुहुनेछ ।

यदि तपाईले आफ्नो जीवनको लक्ष्य निर्धारण गर्नुभएको छैन भने कपी र कलम लिनुहोस् र अहिले नै सुरु गर्नुहोस् । म तपाईहरुलाई पाठकबाट सहभागीमा रुपान्तरण गर्न चाहन्छु जस कारण तपाईको जीवनमा सकारात्मक परिवर्तन आउन सकोस् ।

सफलताको शुभकामना ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

suraj-dangal

सुरज दंगाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *