नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत सीतारमेश बहुमुखी क्याम्पसमा बस

पालिका सन्देश । बुद्धशान्ति गाउँपालिकाको एक मात्र उच्च शिक्षा अध्यापन हुने शैक्षिक संस्था सीतारमेश बहुमुखी क्याम्पसलाई अत्यावश्यक रहेको क्याम्पस बस आज हस्तान्तरण गरिएको छ।


गाउँपालिकाको तीन वर्षदेखि भएको निरन्तर प्रयासपछि नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत नेपालका लागि भारतीय दूतावासमार्फत उक्त बस प्राप्त भएको हो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, सीतारमेश बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष जयप्रसाद भण्डारी ,उपाध्यक्ष चन्द्र उप्रेती, क्याम्पस प्रमुख पुष्प रिजाल तथा सहायक क्याम्पस प्रमुख नरेन बरालको उपस्थितिमा बस हस्तान्तरण कार्यक्रम भएको थियो ।

हिजो चुनावका बेलाको प्रतिबद्धता आज कार्यान्वयन भएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईंले बताएका छन् । यता क्याम्पस प्रमुख रिजालले क्याम्पसमा बस ल्याउनका लागि गरेको पहललाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका छन् ।

बस आएसंगै बुद्धशान्ति सहित छिमेकी जिल्ला इलामको रोङ गाउँपालिकाबाट धाएर अध्ययन् गर्न आउने विद्यार्थीलाई सहज हुने भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *