काठमाडौं – पछिल्लो समयमा “SMC App” भनेर चिनाइने smccous79.com जस्ता लिङ्कहरू वाट्सएप र फेसबुक मार्फत तीव्र रूपमा फैलिँदैछन्। यी लिङ्कहरू मार्फत छिटो पैसा कमाउने, साथीलाई रेफरल गरेर बोनस पाइनेजस्ता आकर्षक प्रस्ताव राखी सर्वसाधारणलाई लोभ्याउने प्रयास भइरहेको छ।
सुरुमा केही प्रयोगकर्ताले साँच्चिकै रकम फिर्ता पाएको अनुभव बाँडे पनि, त्यसले थप मानिसलाई आकर्षित गर्न प्रयोग गरिएको बुझिन्छ। अन्ततः यस्तो योजनामा सहभागी हुनेको अकाउन्ट ब्लक हुने, थप रकम मागिने वा सम्पर्कै टुट्ने जस्ता घटना दोहोरिइरहेका छन्।
यी साइटहरूमा कम्पनीको आधिकारिक दर्ता, सरकारी नियमन वा विश्वसनीय जानकारीको अभाव छ। सम्पर्कका लागि केवल रेफरल कोड र वाट्सएप नम्बर मात्र उपलब्ध गराइने गरेको पाइन्छ जुन ठगी गतिविधिको सामान्य संकेत हो। सुरुमा सानो रकम तिर्न लगाएर पछि ठूलो रकम झिक्ने शैलीका घटनाहरू यस्ता योजनामा दोहोरिएका छन्।
सामाजिक सञ्जालमार्फत यस्ता प्रलोभनपूर्ण लिंकहरू प्राप्त हुँदा कुनै पनि व्यक्तिगत विवरण वा रकम पठाउनुअघि सावधानी अपनाउन विज्ञहरूले सुझाएका छन्। साथै, यस्ता लिङ्क पठाउने साथी वा परिवारलाई पनि सचेत गराउन अनुरोध गरिएको छ।
> स्मरण रहोस् – छिट्टै धनी बनाइदिने वाचा प्रायः धोखाधडी मात्र हुन्छ।
सुरक्षित रहनुहोस्, अरूलाई पनि सचेत गराउनुहोस्।



















