मनिष बराल,कचनकवल ।।
लुथरन विश्व फेडेरेसनको आर्थिक सहयोग र कचनकवल गाउँपालिकासंगको सहकार्यमा “न्याय तथा विकासका लागि सामाजिक सञ्जाल”द्वारा आयोजित न्यायीक एवं मेलमिलाप समिति र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका पदाधिकारीहरुलाई मेलमिलाप कर्ताहरुको भुमिका र कानुनी व्यवस्था सम्बन्धी दुइ दिवसीय प्रशिक्षण तालिम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा मानव अधिकार र न्याय सम्पादनको अन्तरसम्बन्ध, मेलमिलापका चरणहरु, मेलमिलाप कर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका, न्यायिक समितिको काम कर्तव्य तथा अधिकार आदिका विषयहरु समावेस गरिएको थियो।
कचनकवल गाउँपालिकाको सभाहलमा सञ्चालन भएको उक्त कार्यक्रमको उद्घाटन कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले गर्नु भएको थियो भने मुख्य प्रशिक्षक एवं कार्यक्रमको सहजीकरण अधिवक्ता लक्ष्मी प्रसाद पाण्डेले गर्नुभएको थियो ।





















One Response
पाण्डे हैन हाेला अधिकारी