Search
Close this search box.
Search
Close this search box.

सफलताको सूत्र: सपना देख्न साहस गर्नुहोस्

सुरज दंगाल

सफलता के हो ? सफलता कसरी प्राप्त गर्न सकिन्छ ? यी र यस्ता अन्य प्रश्नहरु अधिकांशको चासो र चिन्तनको विषय हो । अधिकांशको बुझाइमा सफल हुनु भनेको आफूँले इच्छाएको गन्तव्यमा पुग्नु हो । यदि गन्तव्यमा पुग्नु सफल हुनु हो भने किन सबै यो गन्तव्यमा पुग्न सक्दैनन् ।

EPIC

विभिन्न अध्ययनलाई आधार मान्ने हो भने यसको अनुपात ९०/१० को रहेको पाइन्छ । अर्थात यो यात्रामा करिब १० प्रतिशत आफ्नो गन्तव्यमा पुग्न सक्छन् वा आफ्नो क्षेत्रमा सफल हुन्छन् भने ९० प्रतिशतको यात्रा आधा बाटो वा सो भन्दा कममा नै समाप्त हुने गरेको छ वा औषत वा असफल हुन्छन् । यहि ९० प्रतिशत मध्ये अधिकांशले आफ्नो यात्रा शुरुनै गर्न सक्दैनन् ।

विश्वमा १० प्रतिशत मात्र सफल हुन्छन् र बाँकी रहेका ९० प्रतिशत असफल वा औषत हुन्छन् किनकि ती ९० प्रतिशत मध्ये अधिकांशको आफ्नो जीवनलाई लिएर कुनै सपना नै हुदैन, उनीहरु केवल जीवन बाँचिरहेका हुन्छन् ।

कल्पना गर्नुहोस् यदि तपाईको ३ वटा इच्छा पूरा हुने भयो भने के इच्छा गर्नुहुन्छ ?
धेरै पैसा ?
धेरै समय ?
स्वस्थ्य जीवन ?
धेरै मनोरन्जन ?

जीवनमा तपाई त्यतिमात्र प्राप्त गर्न सक्नुहुन्छ, जति सम्म तपाई कल्पना गर्न सक्नुहुन्छ । सबै सफल व्यक्तिहरु चाहे त्यो नयाँ आविस्कार गर्ने वैज्ञानिक होस् या नयाँ किर्तिमान राख्ने खेलाडी, सबैको सुरुवात एउटा सपनाबाट नै भएको थियो । त्यो व्यक्तिलाई कल्पना गर्नुहोस् जस्ले पहिलो पटक आकाशमा हेरेर चन्द्रमामा पुग्ने सपना देख्यो । त्यस समयमा त्यो असम्भव थियो । तर अन्तंत त्यो सम्भव भयो किनकि कसैले चन्द्रमामा पुग्ने सपना देख्ने सहास गरेको थियो ।

जीवन अरुले देखाएको बाटोमा हिड्नु होइन, जीवन भनेको आफूले चाहे अनुसारको बनाउन नयाँ बाटोको खोजी गर्नु हो । हामीसँग जीवनमा असिमित उपलब्धीहरु प्राप्त गर्ने क्षमता छ, जति हामीले ती असिमित उपलब्धी हासिल गर्ने सपना देख्ने सहास गर्नसक्छौ । हाम्रो सपनाले हामीमा भएको दुविधा, पूर्वाग्राहरु, सन्देहवाद, विगतका अनुभव र हामी प्रति अन्यको अपेक्षाहरुको अन्त्य गरि हामीले हाम्रो जीवनबाट वास्तविक रुपमा के चाहेको हो त्यसको अनुभुति गराउँछ ।

आफ्नो लागि अलिकति समय निकाल्नुहोस् र सोच्नुहोस्, तपाई र तपाईले माया गर्ने व्यक्तिहरुलाई के ले खुशी बनाउँछ । र यी प्रश्नहरु आफूँलाई सोध्नुहोस् ।
१. तपाई के बन्न चहानुहुन्छ ?
२. तपाई के गर्न चहानुहुन्छ ?
३. तपाई के दिनु चहानुहुन्छ ?
४. तपाई आफ्नो जीवनमा के होस् भन्ने चहानुहुन्छ ?
५. तपाई आफ्नो समयलाई कसरी बिताउन चहानुहुन्छ ?
६. तपाई को सँग समय बिताउन चहानुहुन्छ ?

तपाईहरु जहिले यि प्रश्नहरुको उत्तर प्राप्त गर्नुहुन्छ, तपाईले तपाईको भविष्य प्रति एउटा शक्तिशाली नियन्त्रण प्राप्त हुनेछ । तपाईसँग यी प्रश्नको उत्तर हुन पनि सक्छ वा उत्तर प्राप्त गर्न कहि वा लामो समय लाग्न सक्छ, चिन्ता नमान्नुहोस् । लामो समय पश्चात भएपनि तपाईले यी प्रश्नका उत्तर पाउनु भयो भने तपाई आफ्नो जीवन कसरी जिउने भन्ने नतिजामा पुग्नुहुन्छ । तपाईको जीवनमा तपाईको सबैभन्दा महत्वपूर्ण कुरा के हो भन्ने थहाँ हुन्छ, तपाईको जीवनको गन्तव्य तय हुन्छ र जब जीवनका यी पक्षका बारेमा तपाईलाई आत्मजागरण हुन्छ तर तपाईसँग आफ्ने गन्तव्यका पुग्नका लागि पहाड फोड्ने सामर्थ प्राप्त हुन्छ । तर याद राख्नुहोस् अनावश्यक सपनाले कहिले पनि महान कार्य गर्न वा आचर्यजनक उपलब्धि हासिल गर्न प्ररित गर्दैन ।

अधिकांश मानिसहरुले जीवन प्रतिको अनियोल्ता बीच अन्धकारमा बाचिरहेका छन् । उनीहरुले आफू र आफ्ना सपनाहरु प्रतिको आत्मशंका र अनिश्चितताका कारण आफ्नो सपनाको हत्या गरिरहेका छन् । तपाईहरु त्यसो नगर्नुहोस् ! जीवन्त रङ्गहरु भएका स्पष्ट सपनाहरुको परिकल्पना गर्नुहोस् । तपाईको मनछुने घटनाहरुमा कस्तो र कसरी प्रतिकृया दिनुहुन्छ कल्पना गर्नुहोस् । तपाईको परिवार तथा माया गर्ने व्यक्तिहरुको रक्षाका लागि कुन हद सम्म जान सक्नुहुन्छ कल्पना गर्नुहोस् । तपाईसँग आफ्नो सपनालाई लिएर जति जोश हुन्छ त्यति नै त्यो सपना पूरा गर्नका लागि तपाईले उर्जा प्राप्त गर्नुहुन्छ ।

जर्ज वर्नाड शाहले भनेका छन् “मानिसहरु अस्तित्वमा भएका वस्तु हेर्छन् र प्रश्न गर्छन, ‘किन ?’ म अस्तित्वमा नभएका वस्तुको सपना देख्छु र प्रश्न गर्छु, ‘किन हुनसक्दैन ?’ त्यसैले तपाईको असिमित कल्पना शक्तिलाई खुला छोड्नुहोस् र आफ्नो सफल जीवनको नयाँ उडान भर्नुहोस् ।

तपाईको जीवनमा परिवर्तनको सुरुवातको लागि यो उपयुक्त समय हो किनकि अहिले कोरोना महामारीका कारणले हामी लकडाउनको अवस्थामा छौ । हाम्रा सबै कामहरु बन्द भएको अवस्था छ र हामीसँग पर्याप्त समय छ । यो समय आफूलाई चिन्न र परिवर्तन गर्न उपयोग गर्नुहोस् र आफ्नो जीवनको तीनवाट सपनाहरुका बारेमा मन्थन गर्नुहोस् । जसकारण लकडाउन पछिको अवस्थामा तपाईको जीवनमा नविन जोश, जागर तथा उर्जा प्राप्त गर्न सक्नुहोस् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

suraj-dangal

सुरज दंगाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *