काम नगर्ने व्यवसायीलाई ठेक्का नदिने मन्त्री घिसिङको घोषणा

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिएका छन्।  मन्त्री घिसिङ भन्छन् – ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन।’ उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद भएको उल्लेख गर्दै, तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरेका छन् । उनले थप जोडे – ‘निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेको बुझाइ छ । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ, त्यसैले निर्माण व्यवसायीहरूले पनि यसमा साथ दिनुपर्छ।’ महासङ्घका प्रतिनिधिहरूले यस अवसरमा निर्माण क्षेत्रका विद्यमान समस्याबारे ज्ञापनपत्र बुझाएका थिए ।

Read More »

सर्वोच्चद्वारा कुलमानकाे पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले कुलमान घिसिङका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल

Read More »

कुलमान घिसिङको रिटमा आज सर्वोच्चमा सुनुवाइ

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमान घिसिङले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सुनुवाइ गर्न आज (चैत १५) का लागि पेसी तोकिएको

Read More »

‘एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सकियो’ – घिसिङबारे ओली

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा बारम्बार जवाफ दिनु नपर्ने स्पष्ट पारेका छन्। नेपाल

Read More »

कुलमानलाई हटाएकाे विराेध गर्दै शेखरले भने-विनाशकाले विपरीत बुद्धि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति सत्तापक्षकै नेताहरुले विरोध गरिरहेका छन्। घिसिङलाईहटाएको विषयमा

Read More »

प्रचण्डको विरोध: कुलमान घिसिङ बर्खास्तीको निर्णयप्रति आपत्ति

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने

Read More »

कुलमान हटाउने मन्त्रिपरिषद्को प्रयास, उर्जा मन्त्री खड्काको विकल्प खोजिँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रिपरिषदको फागुन २१ गतेको बैठकले ‘तपाईलाई हटाउनु नपर्ने कारण के हो?’

Read More »