बुद्धशान्ति ४ ले दियो स्थानीयलाई हात्ती धपाउन लाइट र साइरन

पालिका सन्देश । दैनिक जसो गाउँ पसेर जंगली हात्तीले आतंक मच्चाउन थालेपछि झापको बुद्धशान्ति गाउँपालिका वडा नं -४ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन र लाइट वितरण गरेको छ ।


जंगली हात्तीले स्थानीयवासीको दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई नै आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन ४० थान टर्च लाइट र ११ थान साइरन वितरण गरेको हो ।

EPIC EPIC EPIC


वडाध्यक्ष शेर बहादुर रायका अनुसार गाउँ पसेर जंगली हात्तीले स्थानीयवासीको घर भत्काउने, अन्नबाली नष्ट गर्ने गरेकोले वडा कार्यालयले स्थानीय नागरिकहरुलाई थोरै भएपनि राहत प्रदान गर्न लाइट र साइरन वितरण गरिएको जनाएका छन् ।

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा सदस्य एवम् कार्यपालिका सदस्य दुर्गा पोखरेल ढुंगेल, वडा सदस्यहरु भीम धमला, आइतराज साँवा र शशिकला विकले स्थानीयलाई सामग्री वितरण गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *