‘अत्यधिक व्यस्तताले सन्तान हुन सकेन’-प्रधानमन्त्री ओलि

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यधिक व्यस्तता र समय अभावका कारण आफूले सन्तान जन्माउन नसकेको बताएका छन्।

शुक्रबार आयोजित ‘विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति’ सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो वैवाहिक जीवनमा सन्तान नहुनुको पछाडि कार्यव्यस्तता र समयको अभाव रहेको बताए।

EPIC EPIC EPIC EPIC EPIC

“मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराइयो,” प्रधानमन्त्री ओलीले भने, “यति धेरै व्यस्त हुनु पनि हुँदैन रहेछ।”

ओली र उनकी पत्नी राधिका शाक्यको सन्तान छैन। प्रधानमन्त्रीले सन्तान जन्माउने विषयमा आफूजस्तो अत्यधिक व्यस्त नहुने सुझाउसमेत दिएका छन्।

कार्यक्रममा उनले नेपालको जनसंख्या वृद्धि दरमा लगातार आएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै प्रजनन क्षमताको दृष्टिले उपयुक्त उमेरमै विवाह र सन्तान जन्माउन युवाहरुलाई प्रेरित गर्नुपर्ने धारणा राखे।

संविधानले २० वर्षपछि विवाहको कानुनी व्यवस्था गरेको उल्लेख गर्दै ओलीले भने, “२० वर्षमा विवाह गरेर ३० वर्ष नपुग्दै तीन सन्तान जन्माइसक्न सकिने वातावरण बनाउनु जरुरी छ।”

प्रधानमन्त्रीले सन्तुलित र दिगो जनसंख्या विकासका लागि नयाँ नीति र कार्यक्रममार्फत युवा पुस्तालाई समयमै विवाह र परिवार विस्तारतर्फ उत्प्रेरित गर्नुपर्नेमा जोड दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *