अध्यक्ष–उपाध्यक्ष उज्यालो कार्यक्रम: सेन्सर जडित पोलबत्तीको उद्घाटन

बुधबारे । बुद्धशान्ति गाउँपालिका अध्यक्ष -उपाध्यक्ष उज्यालो कार्यक्रम अन्तरगत् बुद्धशान्ति गाउँपालिका र बुद्धशान्ति उद्योग वाणिज्य संघको सहकार्यमा पहिलो चरणको पोलबत्ती जडान कार्य सम्पन्न भएको छ । पहिलो चरणको कार्यमा बुधबारे बजार क्षेत्रमा करिब ६० बढी सेन्सर जडित -बेलुका आफै बल्ने र बिहान आफै बन्द हुने पोलबत्ती जडान गरिएको हो ।

शुक्रबार बेलुका बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई र उपाध्यक्ष भवानी खतिवडाको संयुक्त बाहुलीबाट सेन्सर जडित पोलबत्तीको स्विच थिचेर उद्घाटन गरिएको हो । जसमा बुद्धशान्ति गाउँपालिकाको तर्फबाट ५ लाख र बुद्धशान्ति उद्योग वाणिज्य संघको १० प्रतिशत लगानी साझेदारी रहेको छ ।

EPIC EPIC EPIC


दोस्रो चरणको कार्यमा हात्ती पीडित क्षेत्रमा पोलबत्ती जडान गरिने र बुधबारे बजार क्षेत्रमा जडान गरिएको पोलबत्ती यही २५ गते आइतबारदेखि निरन्तर सुचारु रहने बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *