अनेरास्ववियूद्वारा जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेकपा (समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

अनेरास्ववियूले जाजरकोटका ७ विद्यालयका करिब १ हजार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो। 

EPIC EPIC EPIC EPIC EPIC

भूकम्पले भत्किएका विद्यालयका संरचना पन्छाउन र नयाँ अस्थायी टहरा निर्माणका लागि  जाजरकोट पुगेको अखिलको टोलीले विद्यार्थीलाई न्यानो कपडा, झोला, कपी, कलम र पेन्सिल लगायत शैक्षिक सामग्री उपलब्ध गराएको हो। 

अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाले भूकम्पमा अविभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीका लागि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जानकारी दिइन्।

अखिलले राजधानीमा देउसीभैलो खेलेर जुटेको रकमबाट भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो। 

अध्यक्ष लामा नेतृत्वको टोलीले केही दिनदेखि भत्किएका घरहरु पन्छाउने, नयाँ अस्थायी टहरा निर्माण गर्ने लगायतका काम गरिरहेको संगठनले जनाएको छ।  

अनेरास्ववियूले नेकपा (एकीकृत समाजवादी) जाजरकोट जिल्ला कमिटी र स्थानीय प्रशासनसँगको समन्वयमा भूकम्प प्रभावितलाई सहयोग अभियान अघि बढाइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *