अपडेट : सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

दाङ- सल्यानमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। यो संगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बस दुर्घटनामा परेका थप एक जनाको मृत्यु भएको र यो संगै अहिले सम्म मृत्यु हुनेको संख्या १२ पुगेको जानकारी दिए।  

सल्यानको जैतपानीबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो।  

EPIC EPIC EPIC

बस सल्यानको कपुरकोट ५ थारखोला भन्ने स्थानमा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए। ३० जना बसमा सवार रहेको र अन्य सबै घाईते भएको पनि उनले जनाए । दुर्घटनामा परि गम्भिर घाईते भएका ६ जनालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

बस सडक देखि झण्डै एक सय मिटर तल खसेको डिएसपी थापाले जानकारी दिए। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च