अमेरिकाबाट डिपोर्टपछि भुटान हुँदै नेपाल आएका शरणार्थी पक्राउ

झापा। अमेरिकामा पक्राउ परेर भुटान फिर्ता पठाइएका भुटानी शरणार्थीलाई पूर्वी नेपालका शिविरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

अमेरिकामा आपराधिक घटनामा संलग्न भएको आरोपमा अमेरिकी सरकारले त्यहाँ पुनर्वास भएका भूटानी शरणार्थीलाई भुटान फिर्ता पठाएको थियो। भुटानले जिम्मा लिएलगत्तै भारततर्फ ल्याएर छोडेको थियो। त्यसपछि भारतले आफ्‌नो सीमा कटाएर काँकरभिट्टा हुँदै नेपाल भित्र्याइदिएपछि नेपालले उनीहरूलाई शिविरबाट पक्राउ गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

अमेरिकामा करिब १ लाख भुटानी शरणार्थी पुनर्वास भएका छन्।

अमेरिकी सरकारले अवैध रुपमा बसोबास गर्दै आएका अन्य देशका नागरिकलाई आफ्‌नै देश डिपोट गर्दै आएको परिवेशमा आफैंले लगेर पुनर्वास गराएकामध्ये ४ जना भूटानी शरणार्थीलाई आपराधिक गतिविधि गरको अभियोग लगाउँदै गत शुक्रबार भुटानको पारो बिमानस्थलमा ल्याएर भुटानलाई जिम्मा लगायो ।

भुटानले तत्कालै नेपालकै शिविरमा जान आफ्‌नो सीमाना कटाएर छोड्यो । राति भारतीय सुरक्षाकर्मीले पनि आफ्‌नो सीमाना कटाएर नेपालतर्फ ल्याएर छोडे ।

शुक्रबार बिहान उनीहरू आफू पहिले बसेको शिविर दमकस्थित बेलडाँगी आइपुगे । नेपाल प्रहरीले तीमध्ये ३ जनालाई शिविरबाटै पक्राउ गरेको हो। डिपोटमा परेका अन्य दुईजना आइतबार भुटान पुग्ने बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *