अर्काको मोबाइल बैंकिङमा अनैतिक पहुँच पुर्‍याई ठगी गर्ने एकजना पक्राउ

pakrau

काठमाडौं । अर्काको मोबाइल बैंकिङमा पहुँच पुर्याई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई हाद काठमाडौंको गोकर्णेश्वर–२ नयाँपाटी बस्ने वर्ष २२ को सरोज दिवाली रहेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

उनले अर्कैलेको प्रयोग गर्ने गरेको सिमकार्ड डुप्लिकेट गरी मोबाइल बैंकिङ एक्टिभ गराई खातामा रहेको रकम ट्रान्सफर गरेको प्रहरीले जनाएको छ।

पीडितको अनुमतिबिना निजले प्रयोग गर्ने मोबाइल नम्बर मोबाइल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराएको अनुसन्धानका क्रममा खुलेको छ।

यसरी दिवालीले पीडितको बैंक खातामा पहुँच पुर्‍याई खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरुमा पटक–पटक गरी जम्मा ६ लाख दुई हजार ५५८ रुपैयाँ ट्रान्सफर गरी सिम डुप्लिकेसन मार्फत ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *