अर्कैसँग बिहे गरेको रिसले आमा–छोरीको हत्या

सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ । शव एउटै घरका आमाछोरीको भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भएको स्वीकार गरेका सिद्धकुमाख–२ खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएका बस्नेतलाई सार्वजनिक गरेको हो । भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका–२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा उनीहरूको हत्या भएको पुष्टि भएको हो । आमाछोरीको हत्या गरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्कीले बताए । उनका अनुसार गत शनिबार मृत भेटिएका रेवतीसँग सात वर्षअघि प्रेममा परेर शारीरिक सम्बन्धसम्म पुगेको र आफू विदेशमा रहेका बेला रेवतीले अर्कैसँग विवाह गरेपछि त्यसैको रिसिवीस्वरुप हत्या गरेको बस्नेतले बताएका छन् । विदेशबाट २६ गते नेपाल फर्किएलगत्तै २९ गते हत्या गरेको प्रहरीको भनाइ छ ।

EPIC EPIC EPIC

घटना शङ्कास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि यसमा सहयोग गरिरहेको थियो । आमाछोरी उक्त घरमा बस्दैआएका थिए । रेवतीका श्रीमान् शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए । श्रीमती र छोरीको हत्याको खबरपछि उनी घर फर्किएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च