अर्जुनधाराकाे महानन्द चोकमा गएराति मासु पसलेको हत्या

बिर्तामोड(पालिका सन्देश)–झापाको अर्जुनधारा-६ स्थित महानन्द चोक नजिक गएराति एक जना मासु पसलेको हत्या भएको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा स्थानीय इन्द्र मगरकाे शव भेटिएको हाे।

मगर मासु व्यवसायमा संलग्न थिए । उनकाे शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले घटनाको पुष्टि गर्दै मगरको हत्या भएको बताए ।

EPIC EPIC EPIC

‘मृतकको घाँटीमा समेत गहिरो चोट देखिएकाले कसैले काटेर मारेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ’, डीएसपी आचार्यले भने, ‘हामी रातभर घटनास्थलमा छौं, अनुसन्धान सुरु भइसकेको छ।’

राती १० बजे घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली पुगेकाे थियो। अर्जुनधारा-६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको हाे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *