अर्जुनधाराको सामुदायिक वनमा सडिएको अवस्थामा महिलाको शव फेला

मृत्यु

झापा। झापा जिल्लाको अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वनमा एक महिलाको सडिएको अवस्थामा शव फेला परेको छ।

सोमबार दिउँसो करिब १२ बजेतिर घाँस काट्न गएका स्थानीयले सामुदायिक वनभित्र रहेको ‘आँप खोल्सी’ भन्ने स्थानमा कपाल र हाडखोर मात्र बाँकी रहेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। अनुसन्धानपछि शव इलामको रोङ गाउँपालिका–२ बर्फल्याङकी ६२ वर्षीया सीतादेवी खड्काको भएको पुष्टि गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए।

डिएसपी विष्टका अनुसार मानसिक अवस्था अस्थिर रहेकी खड्का गत माघ २८ गतेदेखि हराएकी थिइन्। यसअघि पनि उनी तीन–चार पटक हराइसकेकी थिइन्। हराएको बारेमा परिवारले प्रहरीमा निवेदनसमेत दिएका थिए।

शव पहिचान कपडाको आधारमा गरिएको थियो। मृतककी छोरीले शवको पहिचान गरी जिम्मा लिएको प्रहरीले जनाएको छ।

हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *