अर्जुनधारामा युव संघको कार्यक्रममा गाडी तोडफोड गर्ने लिम्बू र चौधरीविरुद्ध मुद्दा दायर

युवा संघले झापाको अर्जुनधारामा गरेको कार्यक्रममा सवारी तोडफोडमा सम्लग्न मध्येका दुई जनालाई पक्राउ गर्दै प्रहरीले उपद्रव मुद्दा दायर गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईको समर्थन गर्दै एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उनीहरुले सवारी तोडफोड गरेको प्रहरीको आरोप छ ।
तोडफोडमा सम्लग्न भएको भन्दै प्रहरीले विक्रम लिम्बूलाई गतविहीवार नै पक्राउ गरेको थियो भने अर्का आरोपी बिजय चौधरीलाई मंगलवार पक्राउ गरी जिल्ला अदालत झापाबाट म्याद थप गर्दै अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । पक्राउ पर्ने दुवै प्रसाईका समर्थक रहेको बताइएको छ । पक्राउ परेका मध्ये चौधरीले बिर्तामोडमा आफैं पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका थिए ।

EPIC EPIC EPIC


१३ वटा चारचक्के र ८ वटा दुईचक्के सवारीसाधनमा क्षति पुगेकाले क्षतिपूर्तिको मागसहित दोषीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ बमोजिम कार्वाही गर्नुपर्ने पीडितहरुले उजुरी दिएपछि लिम्वू र चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई मुलुकी अपराधसंहिता २०७४को परिच्छेद– २६ मा रहेको आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूर अन्तरगत मुद्दा चलाएको जनाएको छ ।
उपद्रव कसुरमा कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गर्ने नियतले हूल हुज्जत गरी वा नगरी अनाधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिई प्रवेश गरेमा वा अनुमति लिई प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले आपराधिक प्रवेश गरेको मानिने कानूनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *