अर्धबार्षिक समिक्षा अवधिमा सरकारी खाता ९३ अर्बले घाटामा

झापा। चालु आर्थिक वर्ष २०८१/0८२ को ६ महिनामा सरकारको सार्वजनिक खर्च र आम्दानीको अवस्थामा सुधार आउन सकेको छैन । विगतका वर्षजस्तै यो वर्ष पनि सरकारको खाता घाटामा छ । ६ महिनाको अवधिमा मात्रै सरकारी खाता ९३ अर्बले घाटामा गएको छ ।

EPIC

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउन–पुस अर्थात् यो आवको ६ महिनाको अवधिमा सरकारले कर, गैरराजस्व कर र अनुदान गरेर कुल आम्दानी ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख गरेको छ । यस अवधिमा सरकारलाई वैदेशिक अनुदानबापत ७ अर्ब ३७ करोड ६ लाख रुपैयाँ प्राप्त भएको छ । यो आवमा सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ अनुदानको लक्ष्य राखेको छ ।

EPIC EPIC EPIC

आर्थिक वर्षको ६ महिना पूरा हुँदा समेत सरकारले कर र गैर कर गरेर लक्ष्यको ३९ प्रतिशत मात्रै सङ्कलन गरेको छ भने अनुदान १४।७५ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ ।

६ महिनाको अवधिमा ५ खर्ब ७४ अर्ब ७६ करोड आम्दानी गर्दा खर्च भने ६ खर्ब ६७ अबै ६० करोड भएको छ । यो कुल लक्ष्यको ३६ प्रतिशत हो । यो अवधिमा चालुतर्फ ३९।६३ अर्थात् ४ खर्ब ५२ अर्ब ३० लाख खर्च भएको छ । पुँजीगततर्फ ५६ अर्ब ९३ करोड ५० लाख मात्रै खर्च भएको छ । यो रकम कुल वार्षिक लक्ष्यको १६ प्रतिशत मात्रै हो । त्यसै गरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख खर्च भएको महालेखा नियन्त्रकको तथ्याङ्क छ । यो भने लक्ष्यको ४३ प्रतिशत हो ।

समग्रमा सरकारले ६ महिनाको अवधिमा वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी गरेको छ भने ३६ प्रतिशत खर्च गरेको छ । आम्दानी र खर्च बिचको सन्तुलन नमिल्दा सरकारले आन्तरिक तथा बाह्य ऋण उठाएर मिलाउने गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *