अवैध रुपमा बोकेको १३ ट्रक मलखाद प्रहरी नियन्त्रणमा

अवैध रूपमा चोरी निकासी भएर बाराको बाटो हुँदै अन्यत्र जिल्ला लैजाँदै गरेको १३ ट्रक मल प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा अवैध मल निकासी भइरहेको सूचनाको आधारमा खोज तलास गर्दा सो मल बरामद गरिएको प्रहरीले जनाएको छ । 

EPIC

बुधबार राति करिब १० बजे निजगढबाट ८ र पथलैयाबाट ५ गरी मल बोकेको १३ वटा ट्रक नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC

पक्राउ गरिएको ट्रकसहितको मलखाद कसको र कहाँबाट आएको बारे अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका मलखाद साल्टट्रेनिङ लिमिटेडको हो भन्ने प्रारम्भिक बुझाइ छ, तर कागजपत्रको प्रमाण हेरेपछि कसको हो भन्ने यकिन हुने उहाँले बताउनुभयो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *