Search
Close this search box.
Search
Close this search box.

अस्ट्रेलिया पलायन भएका विमलले नेपाल सुपर लिग खेल्ने

अघिल्लो सातामात्र अस्ट्रेलिया पलायन भएका नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल आउने भएका छन्।

ललितपुर सिटी एफसीसँग मार्की खेलाडीका रुपमा गरेको अनुबन्धन तोड्दै अस्ट्रेलिया लागेका विमलले समाजिक सञ्जालमार्फत आफूले एनएसएल खेल्ने जनाएका छन्। लतिलपुरले विमलको स्थानमा अनन्त तामाङलाई मार्की खेलाडी बनाएको छ।

EPIC EPIC EPIC

शुक्रबार भएको अक्सनमा विमलको नाम थिएन्। तर, विमलले चितवन एफसीबाट आइकोनिक प्लेयरका रुपमा एनएसएल खेल्न लागेका हुन्। विदेशका रहेका नेपाली खेलाडी अक्सनमा सहभागी हुन नपाएपछि आइकोनिक प्लेयरका रुपमा टिममा राख्न पाउने प्रावधान अनुसार चितवनले विमललाई अनुबन्धन गरेको हो।

चितवन एफसीबाट आइकोनिक प्लेयरका रुपमा एनएसएल खेल्ने भएपछि विमलले फेरि आफ्नै माटोको खेल्ने अवसर दिएकोमा क्लबलाई धन्यवाद दिएका छन्। ‘माया गरेर पुनः मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफ।सिलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु,’ उनले फेसबुकमा लोखेका छन्।

उमेरसँगै जिम्मेवारी थपिएकाले परिवारको भविष्य सुरक्षित गर्न आफू पलायन हुनु परेको विमलले उल्लेख गरेका छन्। ‘जिन्दगीमा अनेकौं उतावचढाव आउँछन् ११ उमेरको बढ्दो  क्रम सँगै जिम्मेवारी र व्यवहारिक पन पनि बढ्ने रहेछ,’ विमलले लेखेका छन्, ‘त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देश प्रतिको माया र लगावलाई एकछिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरेँ।’

एनएसएलको दोस्रो संस्करण ८ मंसिरबाट सुरु हुँदैछ। लिगमा ९ टिम सहभागी छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *