कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धनगढी ३ विशालनगर घर भएका रमेश भण्डारी ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनी दार्चुला कार्यरत सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए । पक्राउ परेका भण्डारीमाथि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए ।