आइतबारदेखि यी ५७ जिल्लामा मोडर्ना खोप लगाइने, १२ देखि १७ वर्षकाले पाउने

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने भएको छ। मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।

पुस ४ गते आइतबारदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ। पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ।  

EPIC EPIC EPIC EPIC EPIC
1140x725

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको जनाएकोछ।

उनले भने,‘विद्यालयमा खोप केन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको छ। त्यसका लागि केही मापदण्ड रहेर स्थानीय तहले खोप केन्द्र तोक्छन्।’

हिमाली जिल्लाका लागि १०० भन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकि जिल्लामा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएकाे प्रमुख दाहालले जानकारी दिए।

उनका अनुसार यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ। उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने बताए।

यी हुन् मोडर्ना खोप लगाइने ५७ जिल्ला

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *